हामी देशभक्त तथा लोकतन्त्रवादी युवाहरु संगठित भइ लोकतन्त्रलाई सुध्रिढ बनाउन, सामाजिक न्याय सहितको समुन्नत समाज निर्माण गर्न, नागरिक स्वतन्त्रता, राजनैतिक स्वतन्त्रता, सामाजिक स्वतन्त्रता र आर्थिक स्वतन्त्रताको पक्षमा उभिन, लोकतन्त्रको मुलभूत सिद्धान्त, विधिको शासन तथा सुशासनको वकालत गर्न, राष्ट्रियता, प्रगतिशीलता, स्वतन्त्रता तथा संविधानद्वारा प्रदत्त हकलाई र मानव अधिकारलाई प्रवर्धन गरि निष्पक्ष, स्वतन्त्रता र समानतामा आधारित समाज निर्माण गर्ने उद्देश्यका साथ यो संस्था स्थापना भएको छ
१. नाम:
(१) यस विधानको नाम "युथ कांग्रेस नेपाल को विधान २०७४ भनिने छ ।
(२) यो विधान तुरून्त प्रारम्भ हुनेछ ।
(३) यस विधानको पालना गर्नु प्रत्येक सदस्यको कर्तव्य हुनेछ ।
(४) युथ कांग्रेस नेपालको सम्पूर्ण काम कारवाही यसै विधानमा लेखिए अनुसार हुनेछ ।
२. सिद्धान्त: लोकतन्त्र, राष्ट्रियता, युवा सशक्तिकरण र सहभागिता, र नागरिक, आर्थिक, राजनैतिक, सांस्कृतिक तथा सामाजिक स्वतन्त्रता युथ कांग्रेस नेपालका सिद्धान्त हुनेछन्।
३. उद्देश्य: लोकतन्त्र, राष्ट्रियता र नागरिक, आर्थिक, राजनैतिक तथा सामाजिक स्वतन्त्रता अनुरुप युथ कांग्रेस नेपालको देहाय बमोजिम उद्देश्य हुनेछ।
१) लोकतान्त्रिक मूल्यमान्यताहरुलाई प्रश्रय दिदै लोकतन्त्रलाई सुदृिढीकरण गर्ने।
२) राष्ट्रियता, लोकतन्त्र, समाजवाद र युवा सशक्तिकरण र सहभागिता प्रति प्रतिबद्ध रहने ।
३) सुशासनको पहरेदारका रुपमा रहने।
४) प्रत्येक नागरिकका राजनीतिक, आर्थिक, सामाजिक, भाषिक तथा सांस्कृतिक एवं धार्मिक अधिकार र वैयक्तिक स्वतन्त्रताको प्रत्याभूति गर्न कदम चाल्ने।
५) राष्ट्रिय संकटको बेलामा सदैव तत्पर रही सशक्त भूमिका निर्वाह गर्ने ।
४. परिभाषा विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस विधानमा:-
१) "विधान" भन्नाले युथ कांग्रेस नेपाल विधान २०७४ लाई बुझाउनेछ ।
२) "सदस्य" भन्नाले यसै विधान अनुसारका युथ कांग्रेस नेपाल सदस्यलाई बुझाउनेछ।
३) "निकाय" भन्नाले यस विधानमा व्यवस्था गरिएका पार्टीका सबै तहका कार्यसमिति, सबै तहका अधिवेशन, महाधिवेशन, महासमिति, पार्टीका विभाग, समिति, कार्यदल लगायत पार्टीका सबै संरचनालाई बुझाउनेछ ।
४) "केन्द्र" भन्नाले केन्द्रीय कार्यसमिति लाई समेत बुझाउनेछ ।
५) "प्रदेश" भन्नाले प्रदेश कार्यसमिति लाई समेत बुझाउनेछ ।
६) "नियमावली" भन्नाले यस विधान बमोजिमको नियमावलीलाई बुझाउनेछ ।
७) "निर्वाचन क्षेत्र" भन्नाले प्रतिनिधि सभा निर्वाचन क्षेत्र भनेर बुझ्नुपर्ने ।
८) "तोकिएको" वा "तोकिए बमोजिम" भन्नाले नियमावलीमा उल्लेख भएको वा केन्द्रीय कार्यसमितिले निर्णय गरी परिपत्र जारी गरेकोलाई समेत बुझाउनेछ ।
५. सम्बद्धता:
१) युथ कांग्रेस नेपाल कुनै पनि राजनैतिक पार्टीको हस्तक्षेपबाट बाहिर रहनेछ।
२) युथ कांग्रेस नेपालको मुल सिद्धान्तहरु नेपाली कांग्रेस पार्टीको विचारधारा संग समान रहनेछ।
६. संरचना: युथ कांग्रेस नेपालको संरचना निम्न प्रकारको रहनेछ।
१) केन्द्रीय समिति
२) प्रदेश समिति
३) जिल्ला समिति
४) निर्वाचन क्षेत्र समिति
५) स्थानीय तह (महा/उप/नगर/गाउँ) पालिका समिति
७. सदस्यता :
१) युथ कांग्रेस नेपालको जुन सुकै समितिले पनि मापदण्ड पूरा गरेका नेपाली नागरिकहरुलाई युथ कांग्रेस नेपालको सदस्यता प्रदान गर्न सक्नेछन्।
स्पष्टिकरण: सदस्यता वितरण गरेको बारेमा वितरण गर्ने तहले आफु भन्दा माथिल्लो तहमा प्रत्येक आर्थिक वर्षमा पेश गरिने वार्षिक प्रगती प्रतिवेदनमा उल्लेख गर्नुपर्नेछ।
२) सदस्यता लिन चाहने नेपाली नागरिकले निम्न मापदण्ड पूरा गर्नुपर्नेछ।
क) १८ वर्ष पुगेको ४० वर्ष नकटेको नेपाली नागरिक भएको ।
ख) युथ कांग्रेसको आदर्श, सिद्धान्त, निती र विधान संग प्रतिबद्ध रहेको ।
ग) प्रचलित कानुनले राजनीतिक दलको सदस्य हुन अयोग्य नठहरिएको ।
घ) युथ कांग्रेस नेपालको सदस्यता प्राप्तिको आवेदन फारममा उल्लेखित प्रतिज्ञा/सपथ लिन मन्जुर गरेको ।
८. सदस्यता प्राप्त गर्ने कार्यविधि:
१) आवेदन फारम युथ कांग्रेस नेपालको सबै निकायमा उपलब्ध हुनेछ ।
२) सदस्यता लिन चाहने व्यक्तिले आवेदन पत्रमा उल्लेखित प्रतिवद्धतामा मन्जुर भई आफ्नो सुम्पर्ण विवरण उल्लेख गरी जिल्ला समिति, निर्वाचन क्षेत्र समितिलाई आवेदन दिन सक्नेछ ।
३) निकायले १ महिना भित्र सदस्यता प्रदान गर्ने छ।
४) जिल्ला समितीले सबै सदस्यको अभिलेख राखि पार्टीको माथिल्लो निकाय प्रदेश समितिमा पठाउनु पर्नेछ ।
५) प्रदेश समितिले प्रत्येक ६ महिनामा केन्द्रिय समितिमा पठाउनु पर्नेछ ।
९. सदस्यता नविकरण गर्ने कार्यविधि:
१) युथ कांग्रेस नेपालको सदस्यता नवीकरण गर्न चाहने सदस्यले प्रत्येक ३ वर्षमा आफू सदस्य रहेको जिल्ला कार्यसमितिमा नवीकरणका लागि तोकिए बमोजिमको आवेदन दिनु पर्नेछ । जिल्ला कार्यसमितिले सदस्यता नविकरण गर्नेछ ।
१०. सदस्यता व्यवस्थापन केन्द्रीय समिति :
१) महामन्त्रीको संयोजकत्वमा केन्द्रीय कार्यसमितिले तीन जना केन्द्रीय सदस्य रहेको सदस्यता व्यवस्थापन केन्द्रीय समिति गठन गर्नेछ । उक्त समितिले देशभरिको सदस्यको अभिलेख राख्ने, सम्बन्धित निकायलाई अभिलेख राख्न लगाउने, सदस्यता वितरण र नवीकरणको अनुगमन गर्ने र आवश्यक निर्देशन दिने काम गर्नेछ ।
२) सदस्यता व्यवस्थापन केन्द्रीय समितिले विद्युतीय माध्यमवाट सदस्यता वितरण गर्न तोकिए बमोजिम व्यवस्था मिलाउनेछ ।
३) सदस्यता व्यवस्थापन केन्द्रीय समितिले कम्तिमा प्रत्येक १ बर्षमा आफ्नो आवधिक प्रतिवेदन केन्द्रीय कार्यसमितिमा प्रस्तुत गर्नेछ ।
४) सदस्यता व्यवस्थापन केन्द्रीय समितिले सदस्यता सम्बन्धमा मातहतका कुनै पनि निकायलाई सैद्धान्तिक सुझाव वा निर्देशन दिन सक्नेछ ।
५) सदस्यता व्यवस्थापन केन्द्रीय समिति सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ ।
११. विदेशस्थित युथ कांग्रेस नेपालको समितिको सदस्यता सम्बन्धी व्यवस्था :
१) युथ कांग्रेस नेपालको सदस्यता प्राप्त गर्न योग्यता पुगेको व्यक्तिलाई विदेशस्थित युथ कांग्रेस नेपालको समितिले युथ कांग्रेस नेपालको सदस्यता प्रदान गर्न सक्नेछ ।
२) सदस्यता सम्बन्धी व्यवस्था अन्य माथि उल्लेखित व्यवस्था बमोजिम हुनेछ।
१२. सदस्यता समाप्ति:
१) युथ कांग्रेस नेपालको सदस्यता देहायबमोजिम समाप्त हुनेछ:
(क) सदस्यता नवीकरण नगरेमा ।
(ख) अनुशासनहीन काम कारबाही गरे गराएमा ।
(ग) विधान विपरीतको काम गरे गराएमा ।
(घ) राजीनामा स्वीकृत भएमा ।
(ङ) मृत्यु भएमा ।
१३. सल्लाहकार परिषद: युथ कांग्रेस नेपालले सल्लाहकार परिषद् गठन गर्ने छ। सल्लाहकारहरु विभिन्न क्षेत्रका विज्ञ रहनेछन्। सल्लाहकार परिषदबाट सदस्यहरुलाई सुझाव प्रशिक्षण तथा आवश्यक मार्गदर्शन दिन सक्नेछन्।
१४. अधिकार: महाअधिवेशनको लागि सुरक्षीत अधिकार बाहेक युथ कांग्रेस नेपालको शासित निकाय
केन्द्रीय समिति हुनेछ।
१५.बनावट: केन्द्रीय समिति को संख्या बढिमा २९ जना रहेनछ । यसको संरचना निम्नानुसार रहनेछ ।
क) महाधिवेशनबाट निर्वाचन राष्ट्रिय सभापति केन्द्रीय समितिको प्रमुख रहनेछन्।
ख) महामन्त्री सहित २६ सदस्य महाधिवेशन बाट निर्वाचित हुनेछन्।
ग) केन्द्रीय समितिको सुझाव अनुसार २ केन्द्रीय सदस्य राष्ट्रिय सभापतिले मनोनीत गर्ने सक्नेछन्।
घ) केन्द्रीय समिति कम्तीमा ३३% महिला प्रतिनिधित्व सहितको समावेशी रहनेछ। त्यसै गरी थप ५ सिट सिमान्तकृत वर्गलाई रहनेछ।
ङ) सभापतिले निर्वाचित सदस्यहरुको पद बाँडफाँड गर्न सक्नेछन्।
च) केन्द्रीय समितिमा सभापति, महामन्त्री र कोषाध्यक्ष सहित सदस्य महाधिवेशन बाट निर्वाचित हुनेछन् । उपसभापति र सहमहामन्त्री केन्द्रीय समिति भित्रै निर्वाचन भई तोकिने छ। सो निर्वाचनको लागि कसैले दाबी नलिएमा सभापतिले मनोनितगर्न सक्ने छ।
छ) सभापति र उपसभापति समाबेशी सिद्धान्तका आधारमा फरक लिङ्ग र समुदायको हुनुपर्ने छ।
महामन्त्री र सह- महामन्त्री समाबेशी सिद्धान्तका आधारमा फरक लिङ्ग र समुदायको हुनुपर्ने छ।
ज) युथ कांग्रेस नेपालको प्रवक्ता केन्द्रीय समितिबाट तोकिने छ।
१६. बैठक :
१) दुइ हप्तामा १ पटक गरी महिनामा कम्तीमा २ वटा बैठक अनिवार्य बस्नुपर्नेछ।
२) बैठक केन्द्रीय समिति सदस्यहरुको सुविधाअनुसार प्रत्यक्ष्य वा अनलाइनका माध्यमबाट हुनेछ।
३) निर्णयहरु सर्वसहमति र सो नभएमा मतदानका माध्यम बाट गरिनेछ।
४) बैठकमा ४०% उपस्थिति भएमा बैठक संचालन हुने छ।
५) लिखित अनुरोध सहित मौजुदा केन्द्रीय समितिको ४० प्रतिशत सदस्यहरु हस्ताक्षर आएमा संयोजकले दुई दिन भित्र बैठको समय तोक्न सक्नेछन्।
६) आपतकालीन समयमा बैठ रद्ध वा अर्को मिति तय हनुसक्ने छ ।
७) लगातार २ महिना सम्म विना सूचना अनुउपस्थित भएमा दफा ३३ बमोजिम कारबाही चलाउन सक्नेछ।
१७. समितिहरु:
१) केन्द्रीय समितिमा छनोट समितिहरु रहनेछन्। केन्द्रीय समितिको सिफारिसमा राष्ट्रिय संयोजकले छनौट समिति स्थापना र निर्देशन गर्न पाउनेछन्।
२) छनौट समितिको निर्देशक केन्द्रिय सभापतिले तोक्नेछन् र आफ्नो कार्यभार सम्पन्न गर्न निर्देशकले आफ्नो टोलि गठन गर्न सक्नेछन्।
३) छनौट समितिले कार्यभार सम्पन्न गरेपछि रिपोर्ट महामन्त्री समक्ष पेश गर्नेछन् र त्यो केन्द्रीय समितिमा पेश हुनेछ)
४) आफ्नो कार्यभार सकिए लगत्तै समिति स्वत विघटन हुनेछ।
१८. विभागहरूको गठन: युथ कांग्रेस केन्द्रीय कार्यसमिति अन्तर्गत निम्न विभागहरू रहनेछन्:
१. नीति अनुसन्धान तथा प्रशिक्षण विभाग
२. सूचना, संचार तथा प्रचार बिभाग
३. संगठन, समन्वय तथा युवा परिचालन विभाग
४. समाज कल्याण तथा समावेशी विभाग
५. वातावरण तथा दिगो विकास विभाग
६. आर्थिक मामिला विभाग
७. शिक्षा, स्वास्थ्य तथा खेलकुद विभाग
८. अन्तराष्ट्रिय सम्बन्ध तथा कुटनीतिक विभाग
९. मानव अधिकार, संसदीय मामिला तथा कानुन विभाग
केन्द्रीय संयोजकले केन्द्रीय सदस्यहरुमध्येबाट विभागीय प्रमुख र साधारण सदस्यहरु मध्येबाट २१ विभागीय सदस्यहरूको मनोनयन गर्नेछ। साथै केन्द्रीय कार्यसमितिले आवश्यक सम्झेमा अन्य विभागहरू थपघट गर्न सक्नेछ।
१९. विभागहरूको काम, कर्तव्य र अधिकार:
(१) युथ कांग्रेस नेपाल केन्द्रीय कार्यसमितिले तोकिदिए बमोजिमको कार्य गर्ने ।
(२) आ–आफ्नो विभागीय कार्यको प्रतिवेदन प्रत्येक ६ महिनामा केन्द्रीय कार्यसमितिमा पेश गर्नुपनेछ ।
२०. केन्द्रीय समितिका निम्न जिम्मेवारीहरु रहनेछन्।
क) सबै प्रदेश, जिल्ला तथा निर्वाचन क्षेत्र समितिलाई सुपरिवेक्षण, निर्देश तथा समन्वय गर्ने।
ख) सल्लाहकार परिषद बाट सल्लाह र प्रशिक्षण लिने।
ग) यसका सदस्य तथा समग्र युवाहरुको चारीत्रिक विकास, अनुशासन, दक्षता, ज्ञान र सेवाप्रतिको भावना विकास का लागि अवसरहरुको प्रश्रय गर्ने।
घ) देशका सांस्कृतिक, सामाजिक, आर्थिक, तथा राजनैतिक समस्याहरु बुझ्न का लागि अध्ययन वृत्त, अध्ययन कक्षाहरु, अध्ययन शिविरहरु तथा अनुसन्धान कन्द्रहरुको आयोजना गर्ने।
ङ) युवाहरुको लागि खेलकुद, शारीरिक सांस्कृतिक क्लबहरु तथा अन्य मनोरञ्जनात्मक क्रियाकलाप का अवसर प्रदान गर्ने।
च) सामाजिक र वातावरणीय न्यायको लागि उभिने।
छ) न्यायिक समितिले प्रस्तुत गरेको प्रतिवेदनमाथि छलफल गर्ने र आवश्यक कारबाही गर्ने।
२१. स्थायी नियमहरु:
क)बैठक, अधिवेशन तथा अरु सबै कार्यक्रमहरु फरक क्षेमता भएका व्यक्ति मैत्री हुनेछ।
ख) अहिंसात्मक शान्तिपूर्ण गतिविधि गर्नेछ ।
ग) केन्द्रसंगको को समन्वय बिना आर्थिक सहयोग संकलन गरिने छैन।
घ) युथ कांग्रेस नेपाल नेपालको लोकतन्त्र प्रति पूर्ण प्रतिवद्ध रहनेछ।
ङ) युथ कांग्रेस नेपाल संबैधानिक सर्वोच्चता, विधिको शासन, स्वतन्त्र न्यायपालिका, शक्ति पृथकीकरणको सिद्धान्त प्रति पूर्ण प्रतिवद्ध रहने छ।
च) युथ कांग्रेस नेपालले गर्ने हरेक काम वातावरण मैत्री हुनुपर्नेछ।
२२. बनावट: प्रदेश समिति बढिमा १५ सदस्यीय हुनेछन्। यसको संरचना निम्न प्रकारको हुनेछ।
क) अधिवेशनबाट निर्वाचित प्रदेश सभापति रहनेछन्।
ख) महामन्त्री, कोषाध्यक्ष तथा १० अन्य सदस्य प्रदेश अधिवेशन बाट निर्वाचित हुनेछन्।
ग) प्रदेश समितिको सुझाव अनुसार २ प्रदेश सदस्य प्रदेश सभापतिलेमनोनीत गर्ने सक्नेछन्।
घ) प्रदेश समिति कम्तिमा ३३% महिला प्रतिनिधित्व सहितको समावेशी रहनेछ। त्यसै गरी २ सिट सिमान्तकृत वर्गलाई र १सिट दलित वर्गलाई रहनेछ।
ङ) प्रदेश संयोजकले निर्वाचित सदस्यहरुको पद बाँडफाँड गर्न सक्नेछन्।
च) प्रदेश समितिको सुझाव अनुसार २ प्रदेश सदस्य प्रदेश सभापतिले मनोनीत गर्ने सक्नेछन्।
२३. बैठक:
१) दुइ हप्तामा १ पटक गरी महिनामा कम्तीमा २ वटा बैठक अनिवार्य बस्नुपर्नेछ।
२) बैठक प्रदेश समिति सदस्यहरुको सुबिधाअनुसार ब्यक्तिगत वा अनलाइन का माध्यमबाट हुनेछ।
३) निर्णयहरु सर्वसहमति र सो नभएमा मतदानका माध्यम बाट गरिनेछ।
४) लिखित अनुरोध सहित मौजुदा प्रदेश समितिको ४० प्रतिशत सदस्यहरु हस्ताक्षर आएमा सभापतिलेदुई दिन भित्र बैठको समय तोक्न सक्नेछन्।
५) आपतकालीन समयमा बैठ रद्ध वा अर्को मिति तय हनुसक्ने छ।
६) बैठकमा ४०% उपस्थिति भएमा बैठक संचालन हुने छ।
२४. कर्तव्य र अधिकार:
क) केन्द्रीय समितिका कार्यक्रमहरुलाई सहयोग र संयोजन गर्ने।
ख) देशका सांस्कृतिक,सामाजिक, आर्थिक, तथा राजनैतिक समस्याहरु बुझ्न का लागि अध्ययन बृत्त, अध्ययन कक्षाहरु, अध्ययन शिविरहरु तथा अनुसन्धान कन्द्रहरुको आयोजना गर्ने।
ग) सामाजिक तथा वातावरणीय न्याय का लागि उभिने।
२५. बनावट: जिल्ला समित बढिमा ११ सदस्यीय हुनेछन्। यसको संरचना निम्न प्रकारको हुनेछ।
क) अधिवेशन बाट निर्वाचित जिल्ला सभापति रहनेछन्।
ख) सचिव तथा ९ अन्य सदस्य जिल्ला अधिवेशन बाट निर्वाचित हुनेछन्।
ग) जिल्ला समिति कम्तिमा ३३% महिला प्रतिनिधित्व सहितको समावेशी रहनेछ। त्यसै गरी १ सिट दलित वर्गलाई रहनेछ।
घ) जिल्ला संयोजकले निर्वाचित सदस्यहरुको पद बाँडफाँड गर्न सक्नेछन्।
२६. बैठक:
१) दुइ हप्तामा १ पटक गरी महिनामा कम्तीमा २ वटा बैठक अनिवार्य बस्नुपर्नेछ।
२) बैठक जिल्ला समिति सदस्यहरुको सुबिधाअनुसार ब्यक्तिगत वा अनलाइन का माध्यमबाट हुनेछ।
३) निर्णयहरु सर्वसहमति र सो नभएमा मतदानका माध्यम बाट गरिनेछ।
४) लिखित अनुरोध सहित मौजुदा जिल्ला समितिको ४० प्रतिशत सदस्यहरु हस्ताक्षर आएमा सभापतिलेदुई दिन भित्र
समय तोक्न सक्नेछन्।
५) आपतकालीन समयमा बैठ रद्ध वा अर्को मिति तय हनुसक्ने छ।
६) बैठकमा ४०% उपस्थिति भएमा बैठक संचालन हुने छ।
२७. कर्तव्य र अधिकार:
क) सदस्यता फारम खुलाउने र योग्य सदस्य चयन गर्ने।
ख) केन्द्रीय समितिका कार्यक्रम हरुलाई सहयोग र संयोजन गर्ने।
ग) देशका सांस्कृतिक,सामाजिक, आर्थिक, तथा राजनैतिक समस्याहरु बुझ्न का लागि अध्ययन बृत्त, अध्ययन कक्षाहरु, अध्ययन शिविरहरु तथा अनुसन्धान कन्द्रहरुको आयोजना गर्ने।
घ) सामाजिक तथा वातावरणीय न्याय का लागि उभिने।
२८. बनावट:
निर्वाचन क्षेत्र समिती बढिमा ११ सदस्यीय हुनेछन्। यसको संरचना निम्न प्रकारको हुनेछ।
क) अधिवेशन बाट निर्वाचित निर्वाचन क्षेत्र सभापति रहनेछन्।
ख) सचिव तथा ९ अन्य सदस्य जिल्ला अधिवेशन बाट निर्वाचित हुनेछन्।
ग) निर्वाचन क्षेत्र समिति ३३% महिला प्रतिनिधित्व सहितको समावेशी रहनेछ। त्यसै गरी १ सिट दलित वर्गलाई रहनेछ।
घ) निर्वाचन क्षेत्र सभापतिले निर्वाचित सदस्यहरुको पद बाँडफाँड गर्न सक्नेछन्।
ङ) यदि जिल्ला मा १ मात्रै निर्वाचन क्षेत्र रहेको अवस्थामा जिल्ला समिति नै निर्वाचन क्षेत्र समिति हुनेछ।
२९. बैठक:
१) महिनामा कम्तीमा २ वटा बैठक अनिवार्य बस्नुपर्ने छ।
२) बैठक निर्वाचन क्षेत्र समिति सदस्यहरुको सुबिधाअनुसार ब्यक्तिगत वा अनलाइन का माध्यमबाट हुनेछ।
३) निर्णयहरु मतदानका माध्यम बाट गरिनेछ।
४) लिखित अनुरोध सहित मौजुदा निर्वाचन क्षेत्र समितिको ४० प्रतिशत सदस्यहरु हस्ताक्षर आएमा संयोजकले दुई दिन भित्र बैठको समय तोक्न सक्नेछन्।
५) आपतकालीन समयमा बैठ रद्ध वा अर्को मिति तय हनुसक्ने छ।
६) बैठकमा ४०% उपस्थिति भएमा बैठक संचालन हुने छ।
३०. कर्तव्य र अधिकार:
क) सदस्यता फारम खुलाउने र योग्य सदस्य चयन गर्ने।
ख) केन्द्रीय समितिका कार्यक्रम हरुलाई सहयोग र संयोजन गर्ने।
ग) देशका सांस्कृतिक,सामाजिक, आर्थिक, तथा राजनैतिक समस्याहरु बुझ्न का लागि अध्ययन बृत्त, अध्ययन कक्षाहरु, अध्ययन शिविरहरु तथा अनुसन्धान कन्द्रहरुको आयोजना गर्ने।
घ) सामाजिक तथा वातावरणीय न्याय का लागि उभिने।
३१. विदेश स्थित युथ कांग्रेस नेपालकोगठन र प्रतिनिधित्व:
(१) युथ कांग्रेस नेपालको उद्देश्य र आदर्शप्रति प्रतिवद्ध र समपिर्त रहने विदेशस्थित नेपाली नागरिकले युथ कांग्रेस नेपालको केन्द्रीय कार्यसमितिमा तोकिए बमोजिमको प्रक्रिया पूरा गरी जनसम्पर्क समिति गठनका लागि आवेदन गर्न सक्नेछन् । केन्द्रीय कार्यसमितिको स्वीकृति पश्चात विदेश स्थित युथ कांग्रेस नेपाल समितिको गठन हुनेछ ।
(२) युथ कांग्रेस नेपालले तोकेको शर्त पूरा गर्ने यस्ता संस्थालाई युथ कांग्रेस नेपालको केन्दी्रय कार्यसमितिले मान्यता प्रदान गर्नेछ ।
(३) विदेश स्थित युथ कांग्रेस नेपाल समितिको विधान तथा विधानमा गरिएको संशोधन युथ कांग्रेस नेपालको केन्द्रीय कार्यसमितिबाट स्वीकृत भएपछि लागू हुनेछ ।
३२. बनावट: राष्ट्रिय महाधिवेशन बाट निर्वाचित ५ सदस्यीय युथ कांग्रेस नेपाल को न्यायिक परिषद रहनेछ।
३३. कारबाही:
१) युथ कांग्रेस नेपाल का प्रदेश, जिल्ला तथा निर्वाचन क्षेत्र समितिले लिखित निवेदन पेस गरि कुनै पनि सदस्य बिरुद्ध उजुरी गर्न सक्नेछन्।
२) कारबाहीको प्रकृया तोकिए बमोजिम हुनेछ।
३४. कर्तब्य र अधिकार:
१) लिखित निवेदन सहितको उजुरी छानबिन तथा आवश्यक सुझाव सहितकोप्रतिवेदन तयार पार्ने ।
२) उक्त प्रतिवेदन छानबिनको १५ दिन भित्र केन्द्रीय समितिमा पेश गर्ने छ।
३५. निर्वाचन समिति:
निर्वाचन समिति केन्द्रीय समिति बाट गठित एक किसिम को छनोट समिति हुनेछ। अधिवेशन हुनु ९० दिन अगाडि निर्वाचन समिति गठन हुनेछ। यसले निर्वाचन क्षेत्र, जिल्ला , प्रदेश तथा राष्ट्रिय अधिवेशन गर्नेछ र केन्द्रीय समिति लाई प्रतिबेदन बुझाउनेछ।
३६. वार्षिक बैठक: केन्द्रीय समिति ले प्रत्येक वर्ष वार्षिक बैठक गर्न सक्ने छ। मिति, समय र स्थान केन्द्रीय समिति ले निर्धारण गर्नेछ। निर्वाचन क्षेत्र, जिल्ला तथा प्रदेश संयोजक बैठकमा सहभागी हुन सक्नेछन्।
३७. अधिवेशन: प्रत्येक ३ वर्षमा निर्वाचन समिति ले अधिवेशन गराउनेछ। अधिवेशन निष्पक्ष, खुल्ला तथा पारदर्शी रुपमा हुनेछ। अधिवेशन निम्न हुनेछन्:
क) जिल्ला अधिवेशन
ख) प्रदेश अधिवेशन
ग) महाधिवेशन
३८. अधिवेशन प्रक्रिया: सल्लाहकार परिषद को मार्गदर्शनमा निर्वाचन समितिले अधिवेशन प्रक्रिया तयार पार्नेछ। यो प्रक्रिया केन्द्रीय समिति ले पारित गर्नुपर्नेछ।
३९. महाधिवेशनको काम, कर्तव्य र अधिकार: (१) महाधिवेशनको काम, कर्तव्य र अधिकार देहायबमोजिम हुनेछ :
(क) महाधिवेशनले विधानले तोकिएका विभिन्न पदहरुमा निर्वाचित गर्ने ।
(ख) युथ कांग्रेस नेपालको विधान संशोधन गर्ने ।
(ग) केन्द्रीय समितिद्वारा गरिएको काम कारबाही अनुमोदन गर्ने ।
(घ) केन्द्रीय समितिद्वारा प्रस्तावित विभिन्न प्रस्तावहरूमाथि छलफल गरी पारित गर्ने ।
(ङ) दीर्घकालीन महत्वका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सवालहरूमा दलको नीति निर्माण गर्ने ।
(२) महाधिवेशनले आफ्नो कतिपय अधिकार आवश्यकता बमोजिम केन्द्रीय समिति र केन्द्रीय संयोजकलाई प्रत्यायोजन गर्न सक्नेछ ।
४०. राजिनामा: युथ कांग्रेस नेपाल केन्द्रीय सभापतिले वा नभएको अवस्थामा महामन्त्रि मार्फत्केन्द्रीय कार्यसमितिमा, जिल्ला कार्यसमितिका सभापतिले केन्द्रीय कार्यसमिति समक्ष, निर्बाचन क्षेत्र समिति सभापतिले जिल्ला कार्यसमिति समक्ष राजीनामा प्रस्तुत गर्नु पर्नेछ। त्यस्तै गरी कुनै पनि समितिका पदाधिकारी तथा सदस्यले सम्बन्धित कार्यसमिति समक्ष लिखित राजिनामा पेश गर्न सक्नेछ।
४१. पदरिक्त: कुनै पनि समितिको पदाधिकारी एवं सदस्यको परिच्छेद ६ को दफा १२ अुनसार सदस्यता समाप्त भएमा।
४२. पदपूर्ति:
(क) सबै तहका सभापतिले मनोनित गर्ने पदाधिकारी तथा सदस्यहरूको मनोनयन महाधिवेशन सम्पन्न भएको मितिले तीन महिनाभित्र अनिवार्य रूपमा गरिसक्नु पर्नेछ ।
(ख) कुनै कारणवस कुनै पनि तहको सभापतिको पद रिक्त हुन गएमा उपसभापतिले कार्यबाहक सभापति भई कार्यभार सम्हाल्नेछ ।
(ग) कुनै पनि तहको कार्यसमितिको सदस्यको पद रिक्त हुन गएमा सम्बन्धित कार्यसमितिको सभापतिले साधारण सदस्यहरूमध्येबाट पदपूर्ति गर्न सक्नेछ ।
(घ) कुनै पनि तहको कार्यसमितिको उपसभापति, महामन्त्री र कोषाध्यक्ष पद रिक्त हुन गएमा सम्बन्धित तहको कार्यसमितिको बैठकले आफूभित्रका सदस्यहरु मध्येबाट चयन गर्नेछ ।
४३. छाप:
४४. झण्डा:
४५. सहयोग समिति: युथ कांग्रेस नेपालले देश भित्र तथा बाहिर सहयोग समिति खोल्न सक्नेछ। यो समूह ले युथ कांग्रेसका कार्यक्रम हरुलाई सहयोग गर्नेछन।
४६. कोष: हरकोहीले पनि युथ कांग्रेस नेपाल लाई आर्थिक सहयोग गर्नसक्ने छन्। आर्थिक सहयोग लिने अन्तिम निर्णय केन्द्रीय समितिको हुने छ।ँकोषमा उत्तरदायित्व र पारदर्शिता हुनेछ।
४७. कार्यालय: युथ कांग्रेस नेपाल को केन्द्रीय कार्यालय काठमाडौं उपत्यकामा रहनेछ । युथ कांग्रेस नेपाल सम्बन्धित तहका कार्यालयहरू सम्बन्धित तहको निर्णयबाट स्थापना गरिनेछ ।
४८. पदावधि:
(१) युथ कांग्रेस नेपालको सबै तहको अवधि÷पदावधि तीन वर्षको हुनेछ। तीन वर्ष पुग्ने अन्तिम महिनाभित्र दलको महाधिवेशन अनिवार्य रूपमा सम्पन्न गरि सक्नुपर्नेछ ।
(२) महाधिवेशन सम्पन्न गर्न असाधारण स्थिति भएमा सो को कारण खोली केन्द्रीय कार्यसमितिलेसबै तहको अवधि÷पदावधि बढीमा छ महिनासम्मको लागि थप गर्न सक्नेछ । यसरी अवधि÷पदावधि थप गरिएमा केन्द्रीय कार्यसमितिबाट अनुमोदन गराउनु पर्नेछ ।
(३) कुनै पदमा २ चोटि भन्दा बढि पदावधि लिन पाइने छैन।
४९. गणपूरक संख्या: विभिन्न कार्यसमितिको बैठकको गण्ाँपूरक संख्या एकाउन्न प्रतिशत मानिनेछ । पहिलो पटक गणपूरक संख्या नपुगी दोस्रो पटक बोलाइएको बैठकमा गणपूरक संख्या तेत्तीस प्रतिशत हुनेछ ।
५०. नियमावली बनाउने: यो विधान अनुरूप केन्द्रीय समितिले आवश्यकता अनुरूप कार्यसंचालन नियमावली र आचारसंहिता समेत बनाई लागू गर्न सक्नेछ।
५१. विधान संशोधन:
(१) यो विधानको संशोधन गर्नुपरेमा महाधिवेशनको दुई तिहाई बहुमतले गर्नसक्नेछ।
(२) विधान संशोधनको प्रस्ताव महाधिवेशन केन्द्रीय कार्यसमितिले प्रस्तुत गर्न सक्नेछ ।
५२. निलम्बन र विघटन: युथ कांग्रेस नेपालको सबै तहका पदाधिकारी तथा सदस्यहरुले विधान वा केन्द्रीय निर्देशन विपरितको काममा संलग्न भएको देखिएमा वा निष्कृय भएको देखिएमा युथ कांग्रेस नेपाल केन्द्रीय कार्यसमितिले न्याकिक परिषद मार्फत आवश्यक छानविन गरी त्यस्तो तह वा पदाधिकारीलाई निलम्बन, विघटन वा हटाउन सक्नेछ । तर यसरी निलम्वन, विघटन वा हटाउनु अघि उचित सुनुवाईको मौका दिनु पर्नेछ। यसरी विघटन गरिएकोमा तत्काल तदर्थ समिति गठन गरी तीन महिनाभित्र विधान बमोजिम निर्वाचन गराउने र हटाइएकोमा आवश्यक पद समेत पूर्ति गरिनेछ ।
५३. बाधा अड्काउ फुकाउने अधिकार: यो विधान कार्यान्वयन गर्न कुनै बाधा अड्काउ परेमा त्यस्तो बाधा अड्काउ फुकाउने अधिकार केन्द्रीय कार्यसमितिलाई हुनेछ तर त्यस्तो विषयमा केन्द्रीय कार्यसमितिले गरेको निर्णय लगतै महाधिवेशन समक्ष प्रस्तुत गरी अनुमोदन गराउनु पर्नेछ ।